मधेशटप,

जनकपुरधाम : धनुषा सहित यस क्षेत्रमै प्रसिद्व र मानिने धनुषाको लक्ष्मीनियाँ स्थित माँ  दुर्गा भवानी मेलाको विधिवत तयारी शुभारम्भ भएको छ । प्रत्येक वर्ष विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार शनिवार विशेष विधीपुर्वक लक्ष्मीनियाँको माँ दुर्गा मन्दिर अगाडि ध्वजा गाडिएको छ ।

 

धनुषाको लक्ष्मीनियाँ बाजारमा  लाग्ने मेला चर्चित रहेको छ । अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले माँ  लक्ष्मीनियाँको मेला  प्रसिद् छ ।

लक्ष्मीनियाँमा  माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा लाखौंको भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव श्याम सुन्दर यादवको भनाई छ ।

आज देखि  विधिवत तयारी सुरु भएको माँ लक्ष्मीनियाँ युवा क्लबका अध्यक्ष दिलिप साहको भनाई छ । मेलामा पहलमानी तथा अन्य खेलकुद सहितका गतिविधीले पनि रोचकता बढाएको हुन्छ ।