जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने, एकजना घाइते भएका छन् ।

शुक्रबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान जानुको साथै छ भने, एकजना घाइते भएका हुन् ।

मृत्यु हुनेमम स। ४ प। ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादव रहेको छ भने, धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम रहेका छन् । मोहम्मदको स्थानीयस्तरमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

मृतकको श’व पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।