सप्तरी । देशमा थप १ हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ८ हजार ६ सय ६५ पीसीआर र ३७२० जनाको एन्टीजिन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ७५  पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४६ हजार ५ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।