जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुरमा नेता कार्यकर्तालाई गोप्य प्रशिक्षण दिदैछन् ।

जनकपुरस्थित मारवाडी सेवा सदनमा माओवादी प्रदेश समितिले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रदेश २ का आठै जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी कार्यक्रममा अध्यक्ष प्रचण्ड प्रशिक्षण दिदैछन् ।

उक्त प्रशिक्षण कार्यक्रम पत्रकारहरुलाई प्रवेश गर्न दिएका छैन् । कार्यक्रम स्थलमा वाइसिएल परिचालित छन् । प्रशिक्षण कार्यक्रम रहेकाले पत्रकारलाई प्रवेश निषेध गरिएको माओवादी प्रदेश सदस्य दिपक यादवले बताए ।

अध्यक्ष प्रचण्ड जनकपुर एयरपोर्टमा प्रशिक्षण कार्यक्रममै सहभागी हुन पत्रकारहरुलाई आग्रह गर्दै त्यही सम्बोधन गर्ने बताएका थिए ।