सप्तरी । देशमा थप १ हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ८ हजार ५ सय ४० पिसीआर र २ हजार ८ सय १८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४७ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् ।