मधेशटप डेस्क,

जनकपुरधाम : बडा दशैंको अवसरमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित लक्ष्मीनियाँ  बजारमा अवस्थित दुर्गा मन्दिरमा गरिने पुजालाई व्यवस्थित गर्न पुजा समिति गठन गरिएको छ ।

माँ लक्ष्मीनीयाँ युवा क्लबको  नवगठित समितिको अध्यक्ष शत्रुधन यादव, उपाध्यक्ष रमेश किशोर चौधरी , सचिव संजिव मोहन कुमार साह , सह–सचिव अनिल मंडल  र कोषाध्यक्षमा बिरेन्द्र राउत  चयन भएका छन् ।

५ सदस्यीय समितिका सदस्यहरुमा रबिन्द्र यादव, अनिल यादव, जितेन्द्र सदा, रामजी मंडल र रोशन साह रहेका छन् ।

५ सल्लाहकार मध्ये रमेश चन्द्र झा, युनिस राइन, प्रबोध यादव,शत्रुधन साह र भगवान झा रहेका छन ।

भेलावाट  हरि प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।  मन्दिरमा गरिने पुजालाई कोरोना महामारीका कारण सुरक्षाको उपाय अवलम्बन गर्दै सम्पन्न गर्ने निर्णय समेत गरेको थियो ।