मधेशटप,

जनकपुरधाम।प्रदेश २ सरकारको राजनितिक नेतृत्वले त्रुटिपूर्ण संविधान सच्चाउन माग गरिरहेका बेला प्रदेशको स्थायी सत्ता कर्मचारीहरुले संविधान दिवस मनाइरहेका छ्न।

प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनमा ब्यानर झुन्डयाएर  नै संविधान दिवस मानाउन थालेका हुन् ।
प्रदेश सरकार गठन भएयता सरकारमा सहभागी दलहरुले संविधान दिवस बहिष्कार गर्दै आएका छ्न् ।

गत वर्षहरुमा सरकारको नेतृत्व गर्ने तत्कालिन समाजवादी पार्टीले संविधान दिवसका कुनै पनि कार्यक्रम नगरी बहिष्कार गर्दै आएको थियो।

प्रदेश सरकारका आरम्भिक घटक तत्कालिन राजपा नेपालले भने संविधान दिवसलाई कालो दिवसकै रुपमा घोषणा गरी यस दिनमा  ब्ल्याक आउट लगायतका विरोध प्रदर्शन गर्दै आएको थियो।
पछिल्लोपटक प्रदेशमा सत्ता समीकरण फेरिएपछि सत्ता नेतृत्व गर्ने जसपा नेपालले संविधानमा भएका कमीकमजोरीबारे अन्तरक्रिया कार्यक्रम गर्दैछ।

सत्ता  साझेदार अन्य दलका केही मन्त्रीहरुले भने संविधान दिवसका अवसरमा शुभकामना दिएका छन् ।

प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र अक्षरमा लेखिए पनि यसको मर्म र आयमलाई खुम्च्याइएको हुँदा संविधानमा व्यापक संशोधन हुनुपर्ने बताए ।


उनेल संविधानमा परिमार्जन न हुँदासम्म देश एकात्मक र केन्द्रीकृत मानसिकताबाट शासित हुने दुर्भाग्यपूर्ण स्थिति रहने उल्लेख गरे
प्रदेशका कर्मचारीहरुले अघिल्ला वर्षहरुमा पनि संविधान दिवस मनाएका थिए।