जनकपुरधाम । असोज ३ गते आज सातौं संविधान दिवस मनाइँदै छ ।

तर संविधान दिवस मनाउने विषयमा प्रदेश २ सरकारमा मन्त्रीहरु विभाजित भएका छन् ।

सत्ताको नेतृत्व गरिरहेका जसपाका मन्त्रीहरु विभिन्न जिल्लामा भइरहेको संविधानमा त्रुटि विषयका छलफलमा सहभागि भएका छन् भने सत्ता साँझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रीहरु संविधान दिवस मनाएका हुन् ।

सात्ता साँझेदार दल काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र माओवादी केन्द्रका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सरसफाइ कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।

मन्त्री यादव जनकपुर स्थित नोचा पोखरीमा काँग्रेस नगर समितिदुवारा आयोजित सरसफाई कार्यक्रममा सहभागि भइ संविधान दिवस मनाएको टुडेपाटीलाई बताए ।

मन्त्री साह प्रदेश सरकारकै मन्त्रालय तथा आबास रहेको मधेश भवन परिसरमै कर्मचारीहरुले आयोन गरको सरसफाई कार्यक्रममा सहभागि भएका थिए ।
कर्मचारीले आयोजन गरेको सरसफाई कार्यक्रममा सरिक भएर संविधान दिवस मनाएको उनले बताए ।

जसपाका मन्त्रीहरु विभिन्न जिल्लामा संविधान दिवसकै अवसरमा संविधानमाथिको त्रुटि विषयमा छलफलमा सहभागि भएका हुन् । सिरहाको कार्यक्रममा आफु सहभागि भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले जानकारी दिए ।