सप्तरी । जनमत पार्टीले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउँदैछ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाइरहेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका हुन् ।

संविधानप्रति असन्तुष्टि जनाउँदै पार्टीले संविधानको विरोधमा विरोधका कार्यक्रम गर्न विभिन्न जिल्लाका नेताहरूलाई सर्कुलर गरेको पार्टीका महासचिव सिंहले जानकारी दिए ।

पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरू सम्भव भएसम्मका जिल्लाका कार्यक्रममा सहभागी हुने महासचिव सिंहले बताएका छन्। अहिले पार्टीको बैठक चलिरहेको उनले बताए ।