सप्तरी । देशमा थप ७ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ७ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १० हजार १३ सय पिसीआर परिक्षणमा ७ सय ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११४ सय १३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म ७ लाख ४९ हजार २ सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।