सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १४० पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या७ लाख ८४ हजार ५ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ सय १३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म ७ लाख ४९ हजार २ सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।