जनकपुरधाम : प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा असोज ३ को दिन आज मनाए राष्ट्रवादी नागरिक समाजले विरोध प्रदर्शन ।

२०४७ सालको संविधान जारी गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी नागरिक समाजले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग समेत गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीले संघीयता खारेज गर्न पनि माग गरे । एमसिसी पास गर्न पाइँदैन, नेपाललाई गुलाम बनाउन पाइँदैन भन्दै उनीहरुले नाराबाजी पनि गरेका थिए ।

जनकपुरधामको  रेल्वे स्टेसनबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाश राणाको संयोजकत्वमा निकालिएको विरोध र्‌यालीमा नेपाल राष्ट्रवादी नागरिक समाजका नेताहरु असर्फी झा, चन्देश्वर यादव, मुन्नु झा नविन झा सबिता यादव लगायतको उपस्थिति थियो ।

विरोध प्रदर्शनमा सहभागीले जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा  चाँडै सञ्चालन गर्न मागसमेत गरेका थिए ।