हामी नारी हौ तर छैन कसैको लागि बोझको भारी,

जीवन धान्न मात्र होइन हरेक कदममा रहन्छौ सधैँ अगाडि।

कसैले भन्छ हामीलाई अामाको दुलारी,

त कसैले भन्छ पापाको पयारी।

शायद यसैले गरछ बिना पढाई लेखाइको कम उमेरमा छोरीको बिहेवारी।

कसैले देखाउछ दया र कसैले देखाउछ सहानुभूति,

हामी कोमल अवस्य छौ तर छैनौ अबला नारी।

कहिले बोक्छौ हामी परिवारको ईज्जतको भारि,

त कहिले ओढाइन्छ हामीलाई घु्न्घटो रूपी सारी।

कहिले बिवस हुन्छौ देखेर बुवाको लाचारी,

त कहिले सहनु परछ ससुराको व्यवहार अतयाचारी।

सधैं आफ्नो ईच्छा र आकांक्षाको बलि दिराखे,

कहिले आफ्नो जीवन बाच्ने हो नारी।

नारीले ईज्जत् र सम्मान पाउने हो भन्ने रहदैन यो समाज कहिले पछाडि,

ईतिहास र सभयताको भार बोकेर कहिले सम्म बस्ने हो नारी।

अब अझै अन्याय र अत्याचार सहन सकदैन नारी।

आफ्नो असमिता र आतम सम्मानको लागि लडने समय आइसकेछ।

अब उठ हे बिरंगना नारी बुझ आफ्नो कतरवय र जिम्मेवारी,

पितृसत्यारूपि समाज बिरूध आफ्नो आवाज बुलन्द पारौ र गरौ संघर्षको तैयारी ।

– सोनम मिश्र