मधेशटप,असोज ४ गते 

जनकपुरधाम : अगिल्लो  भदौ ३० गते देखि  सुरु भएको कक्षा १२ को परीक्षा  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ स्थित  लक्ष्मीनियाँ जनता मा.विमा पनि शान्त वातावरणमा सन्पन्न भएको छ । कोभिड १९ को जोखिम कायमै रहेको बेला धनुषाका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पुरागर्दै परीक्षा सञ्चालन गरेको हो ।

सरकारले तोकेको स्वास्थय मापदण्ड अपनाइ परिक्षा संचालन गर्ने निर्देशन अनुसार नै परीक्षा सञ्चालन भैरहेको लक्ष्मीनियाँ जनता मा.वि का लेखापाल सुदिप यादवले  जनाएको छ । परीक्षामा सहभागी सवै विद्यार्थीलाई अनिवार्य माक्स लगाउने, सेनिटाईजार गर्ने, भौतिक दुरी कायम गर्ने र तापक्रम नापेर परीक्षा कोठामा प्रवेश बिद्यालयले व्यवस्था गरेको समेत  बताइएको छ ।


परीक्षामा जिल्लाका ६२ विद्यालयका ४ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जिल्ला शिक्षा समन्वय समितिले जनाएको छ । परीक्षा दिन पाएपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । प्रत्यक बेन्चमा एक जना विद्यार्थी राख्ने गरेको छ ।