मधेशटप, असोज ४ गते ।

जनकपुरधाम : तेह्रथुमको सदरमुकाम म्याङलुङमा एक होटलमा मृ,त अवस्थामा भेटिएकी युवती तनुजा कार्कीका परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङविरुद्ध किटानी जाहेरी दिएका छन् । मोरङको आइतबारे उर्लाबारी घर भई तेह्रथुमको मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा कार्कीको शब गत मंगलबार अपरान्ह ४ बजेको समयमा सदरमुकाम म्याङ्लुङको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

गत जेठ १२ गते सार्वजनिक बिदाको दिन उनी आफ्ना प्रेमी खम्बासिहं तामाङसँग सदरमुकामको एक होटलमा गएर बसेकी थिइन् । त्यसको भोलिपल्ट अपरान्ह उनको श,व भेटिएको थियो । उनी झु,ण्डिएको अवस्थामा भेटिएको र उनले आ,त्मह,त्या गरेको वा ह,त्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।