जनकपुरधाम :  भनिन्छ,श्रीमान श्रीमतीको झगडा ‘परालको आगो हो एकैछिनमा साम्य हुन्छ । तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शंकैशंकामा हुने घरझ’गडाले सोमबार श्रीमान श्रीमतीले नै ज्या’न गु’मा’उनुप¥यो ।

उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक विवाद भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका तीर्थबहादुर र भीममायाको श्रीमान श्रीमतीबीच ज’वानी हुँदादेखि नै आ’पसमा शंकाको घेरा थियो । आफन्तहरुका अनुसार श्रीमानले श्रीमतिमाथी शंका गर्ने श्रीमतीले श्रीमानमाथी शंका गर्ने र बेला बेला झगडा परिरहन्थ्यो ।

सोमबार विहान पनि सामान्य वि’वा’द भएको रहेछ, विवाद भएपछि घरबाट निस्किएका तीर्थबहादुर केहीबेरमा घर आए । र विहानको झ’गडा बिर्सिसकेको जसरी नै श्रीमतीलाई खेतमा काम गर्न जाउँ भने । औसीको भाग खुहाउन आएका भीममायाको दिदि (तीर्थबहादुरको जेठी सासु)को छोरी पनि घरमै थिए । त्यो छोरीलाई दिउसो खाना बनाएर राख हामी खेतमा गएर आउँछौं भनेर निस्किए