जनकपुरधाम ।  इलाका प्रहरी कार्यलय भेडिया, सप्तरीको भवन उद्घाटन प्रदेश नं‍. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले गरेका छन् ।

नवनिर्मित भवनकाे उद्घाटन गर्दै मन्त्री साहले प्रहरीकाे सुरक्षित आवासकाे जिम्मेवारी प्रदेश सरकारकाे भएकाे वताए । उनले भने “प्रहरी प्रसासनको ब्यवस्थीत कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको छ । हामी प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसासनको कार्यलय एवम् आवास व्यवस्थीत गर्न प्रतिबद्ध छौं ।”

भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महताे लगायतले मन्तव्य राखेका थिए ।