क्यालिफोर्निया : विश्व किर्तीमानी नेपाली सुपर मेमोरी किङ्ग डा. नबल पजियारलाई रोयल अमेरिकन यूनिभरसीटीले मनार्थ विद्यावारिधीबाट सम्मान गरेको छ ।

२०२० डीसेम्बर १९ मा विश्व किर्तिमान राख्दै गिनिज अफ वल्ड रेकर्ड बुकमा नाम दर्ता गराएका उनलाई एक कार्यक्रमकाबीच रोयल अमेरिकन यूनिभरसीटीले ( Honorary Doctor of Philosophy Degree) पदकले सम्मान गरेको हो । धनुषाकै जनकपुरधाम उपमहानगर १६ कपिलेश्वरका स्थायी बासीन्दा उनी हाल काठमाडौं, कोटेश्वरमा बस्छन् ।

उनले दक्षिण भारतको आन्ध्र प्रदेशबाट फिजीयोथेरापीमा स्नातक गरी विगत ११ बर्षदेखी मानवको स्मरण शक्त्तिलाई कसरी बढाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । सम्मानित उनलाई सामाजिक संजालमा धेरैले बधाई दिएका छन् ।

एक किसान परिवारमा वि.स. २०३९ सालमा बुबा नन्टुन पजियार र आमा रामविराजी देवीको कोखबाट जेठो सन्तानको रूपमा जन्मेका उनको एशिया महादेशभर चर्चा परिचर्चा चलिरहेको छ ।