बटेश्वरका वडाध्यक्ष महतो एमालेमै फर्के
जनकपुरधाम : नेकपा एकिकृत समाजवादी रोजेका धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरा महतो नेकपा एमालेमै फर्केका छन् । शनिवार एक समारोहबीच उनी एमालेमा फर्केको घोषणा गरेका हुन् ।

वडाध्यक्ष महतोसँगै सोही ठाउँकी महिला वडा सदस्य जिवछी देवी साह पनि एमालेमा फर्केकी छन् । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष महतो र महिला वडा सदस्य साह पार्टी फुटेर बनेको नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

सनाखत गरेको केहि दिन नबित्दै उनी दुबैजना एमालेमै फर्केका छन् । देश र जनता हितमा नई व्यक्तिगत स्वार्थ पुरा गर्न नेकपा एकिकृत समाजवादी पार्टी गठन गरिएको भन्दै एमालेमै फर्केको उनीहरुको धारणा छ ।