जनकपुरधाम । प्रदेश २ मा बुधबार महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ ।

महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा पर्सी ९बुधबार० महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका छन् ।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् ।उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका छन् ।