मधेशटप, असोज ११ गते ।

जनकपुरधाम : धनुषाको जनापुरधाममा आयोजित  मिथिलाको संस्कृति जितिया पर्वको महानता लाई देखाउदै जनकपुरमा सुन्दर मिथिलाधाम समुहका महिलाहरू, कार्यक्रममा मिथिलाको अरिपन र  भगवतीको गित , जेष्ठ नागरिकमा पाँच जना महिलालाई पहेलो गमछा र माला लगाएर सम्मान समेत गरेका थिए ।

साथै मैथिली गितमा नृत्य प्रस्तुत गर्ने बालिकाहरूलाई चकलेट,कापि र डटपेन प्रोत्साहन पुरस्कार दिइयो । च्युरा, दही, ओलको आचार , मरूवाको रोटि ,माछा ,मिठाइ खाएर रमाइलो गरि  मनाईन जितिय ।

जितिया पर्व महोत्सव सफलरूले सुन्दर मिथिलाधाम समुहका मिथिलानिहरूले जनकपुरमा भव्यताका साथ धुमधाम ले मनाउनु भएको कुरा यो सुन्दर मिथिलाधाम जनकपुर मिथिलानि समुहको संस्थापिका श्यामा झाले जानकारी दिए।

उनले भने  सबै मिथिलानीहरूलाइ सोहागको चिन्ह सिन्दुर ,बिन्दि र पोते माला पनि सबले एकआपसमा आदानप्रदान गरेको जानकारी दिए ।