सप्तरी । देशमा थप १ हजार २८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार २८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १५ हजार ४ सय ८८ परीक्षणमा पिसीआर विधिबाट ९ सय ७५ र एन्टिजेन विधिबाट ३ सय ७ संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् ।