धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर-४ मा विभिन्न पार्टीहरु परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको हुन् ।

जसपा वडाअध्यक्ष बेचन साहका अध्यक्षतामा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको वडामा शुभारम्भ गरेको थियो । साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका पार्टीहरुको परित्याग गरि करिब ५०० जना जसपामा प्रवेश गरेको छ ।

विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको नवप्रबेशी नेता तथा कर्याकर्ताहरुलाई जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले गम्छा र अबिर लगाई पार्टीमा स्वागत गरेको थियो ।