न्युज डेस्क – धनुषा , २०८७ असोज ११ गते ।प्रदेश नम्बर २ को धनुषा जिल्लाका सहिद नगरपालिका स्थित यदुकोहाको चान्दनी चौकमा प्रख्यात यामाहा ब्रान्डका मोटरसाइकलको अत्याधुनिक स्तरको शोरुम समुद्घाटन भएको छ । सोमबार आज देशभर १२ वटा शोरुम बाट बर्षौं देखि सेवा प्रदान गर्दै आएको यामाहा ब्रान्डको कम्पनी श्री महारानी अटो ट्रेडर्सले संरचना परिवर्तन गरेर भव्य तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम समुद्घाटन गरिएको हो । सो कार्यक्रममा श्री महारानी अटो ट्रेडर्सको अध्यक्ष( प्रबन्ध निर्देशक ) श्री बद्री नारायण यादव, प्रमुख अतिथि सहिद नगरपालिकाको मेयर उदय बरबरीया यादव, विशिष्ट अतिथि व्यावसाय विकाश क्षेत्रको यामाहाका ए. जी. एम हरि कुमार ढहाल, पुर्व सम्बैधानिक सदस्य शिव धारी यादव लगायत सयौंको संख्यामा नगरवासीहरु उपस्तिथि रहेको थियो । मेयर उदय बरबरिया यादव र व्यावसाय बिकाश क्षेत्र यामाहाका ए. जी. एम हरि कुमार ढहाल संयुक्तरुपमा शोरुमको समुद्घाटन गरेका हुन् । शोरुमबाट मोटरसाइकल बिक्री गर्ने मात्र नभई मर्मत सम्भार र स्पेयर पार्टसको सुविधा समेत प्रदान हुने शोरुमका सञ्चालक श्री बद्री नारायण यादवले बताए । यामाहाको शोरुम यदुकोहामा आएपछि यस भेगका सर्वसाधारणलाई जनकपुर जाने बाध्यता समाप्त भएको उनले भने ।उनले यस शोरुममा यामाहाका मोटरसाइकका सबै प्रकारका मोडेल हामी कहाँ उपलब्ध रहेको जानकारी गराए । ढहालका अनुसार, नेपालको सर्वधिक लोकप्रिय ब्रान्ड यामाहाको नेपालमा सबैभन्दा बढी बिश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा सधैंभरि ग्राहकहरुको आवश्यकता प्रति सजगर हुदै आएको छ । देशभर ठुलो ग्राहक समुह पुगेर सबैको आवश्यकताहरुको सम्बोधन गर्नुपर्ने कार्य चुनैतिपुर्ण रहेको हुदाहुदै पनि हारमानेर पछि हटने कुराको गुन्जायसर हुँदैन उनले भने । साथै एक स्थापित ब्रान्डको हैसियतले यामाहा आफ्नो ग्राहक वर्गर शुभचिन्तकहरु प्रति सदैव निष्ठावात्रप्रतिवध्द रहदै आएको उनले बताए ।यससँगै, यामाहा MT6 नयाँ टेक्नोलोजी BS6 मोडेलको आज काठमाडौको भिर्कुटीमण्डपमा लन्च गरिएको समेत उनले जनाए । यसका साथै, शोरुममा यामाहा एफ आइ स्टेसन पनि रहेन छ, जहाँ एफ आई प्रविधि युक्त बाइकहरुलाई आधुनिक हेल्थकार्ड मार्फत नवी नप्रविधी द्वारा सेवा प्रदान गरिने छ । यसैगरी शोरुमबाट यमाहा मोटरसाइकल खरिद गरेको धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का पप्पु प्रसाद यादव र चोराकोइलपुरका काशिन्द्र यादवलाई शहिद नपाका नगर प्रमुख उदय कुमार बरबरिया, यामहाका प्रतिनिधि ढकाल र शोरुमका सञ्चालक यादवले साँचो हस्तान्तरण गरेको थियो । यद्यपि सो कार्यक्रमको दिन देखि दसौं, दिपावली र छठ पर्व सम्म यामाहा ब्रान्डको मोटरसाइकल खरिद गर्दा सो शोरुमले वम्पर अफर दस हजार रुपैयाँको सकेच कुपन उपहार सोरुप समेत राखेको छ ।