मधेशटप,

जनकपुरधाम,असोज १२ गते  : महोत्तरीको जलेश्वरनाथ नगरपालिका वडा नम्बर- २ मा विभिन्न पार्टीहरु परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको हुन् ।

जलेश्वरनाथ न.पा २ मा आयोजित एक कार्यक्रम विच सामाजवादी महिला संघद्वारा जितियाको शुभकामना आदान प्रदान कार्यक्रममा नव प्रवेसी महिलाहरुलाई  जसपा नेपालका रास्ट्रिय अध्यक्ष  यादवले स्वागत समेत गरे ।

जसपा पार्टी नेपालका महोत्तरी जिल्ला गीता देवी दासको अध्यक्षतामा पार्टी प्रवेश गरेको थियो । साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका पार्टीहरुको परित्याग गरि करिब ३०० जना जसपामा प्रवेश गरेको छ ।

विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको नवप्रबेशी नेता तथा कर्याकर्ताहरुलाई जसपा नेपाल का रास्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गम्छा र अबिर लगाई पार्टीमा स्वागत गरेको थियो ।