जनकपुरधाम। राष्ट्रको समृद्धि र शान्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चाको अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा लामो समयदेखि सडक संघर्ष हुदै आएको छ ।

दशकौं देखिको देशमा ब्याप्त बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो, वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदै गएको छ् ।

त्यसैक्रममा नवलपरासी जिल्ला गा.वि.स. माकर -४ बस्ने श्री झपिन्द्र बहादुर खरेल ज्यु का सुपुत्र क्रान्तिकारी समाजसेवी हिन्दुवादी अभियनता लामो समय देखि राष्ट्र बचाउ अभियानमा सक्रिय भुमिका निर्वाह गर्दै राष्ट्रिय नागरिक आन्दोलनमा उल्लेख्य योगदान गर्दै आउनुभएका “श्री निर्मल खरेल” लाई आजैको तिथिमिती देखि लागुहुने गरि “जनतान्त्रिक तराई मुक्ति मोर्चा” , “राष्ट्रिय नागरिक आन्दोलन” एवं “राष्ट्र बचाउ अभियान” अन्तर्गतको युवा संगठन “जनतान्त्रिक युवा संघ” को नवलपरासी जिल्ला “जनपरिचालन एवं संगठन ब्यवस्थान” को जिम्मेवारीमा मनोनीत गरिनुको साथसाथै वहाँको उत्तरोत्तर प्रगति एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।