सप्तरी । देशमा थप १ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १४ हजार ५ सय ४१ परीक्षणमा पिसीआर विधीबाट८ सय ९२ र एन्टिजेन विधिबाट २ सय ६५ संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ९४ हजार १६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६४ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।