जनकपुरधाम :  काठमाडौँ दरबारमार्गस्थित याक एण्ड यति होटलमा एक कतारी नागरिक मृत फेला परेका छन् ।

भने  मृतक चार दिनअघि नेपाल आएर उक्त होटलमा बसेका थिए । होटल कर्मचारीलाई आफू बुधबार स्वदेश फर्कने बताएका उनी अबेरसम्म बाहिर ननिस्किएपछि खोजी सुरु भएको थियो ।

होटल कर्मचारीले बाहिरबाट बोलाउँदा नबोलेपछि प्रहरी बोलाएर ढोका फोरिएको हो । ढोकाको चुकुल भित्रबाट लगाएको पाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी छ ।

महानगरीय प्रहरी कार्यालयका रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले मृतक होटलको ओछ्यानमै मृत फेला परेका थिए । उनका अनुसार नेपालस्थित कतारी दूतावासलाई घटनाबारे जानकारी गराइसकिएको छ ।