जनकपुरधाम,असोज १५ गते । कोरोना संक्रमणको कारणले  लामो समय देखि बन्द रहेको राजर्षि जनक विश्वविद्यालयले  आईतबार देखि खुल्ला हुने भएको हो  ।

विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै आइतबारदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको मापदण्ड अपनाउदैँ भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने विश्वविद्यालयका  प्रमुख विनोद कुमार कर्णले जनाए ।

विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरु बिपिएच दोस्रो सेमेष्टर,बिएससी सिएसआइटि दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुनाले सो बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमको कक्षा सञ्चालन हुने जनाइएको छ ।

आन्दोलनरत्त विद्यार्थीहरूले देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भएपनि अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्षको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आन्दोलनरत्त विद्यार्थीको आरोप छ ।

यता करार नियुक्तिको माग गर्दै विश्वविद्यालयका ३५ जना शिक्षक पनि गत ३९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत शिक्षक अहिले पनि विश्वविद्यालयको मुख्यगेट अगाडि धर्नामा छन् । पठनपाठन ठप्प गरी शिक्षक विश्वविद्यालयको पेपर (कोर्स) कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका हुन् ।

स्थापनाकालमै आफूहरूलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरू आन्दोलनमा उत्रेको विश्वविद्यालयको  कोर्स कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।