जनकपुरधाम,असोज १५ गते : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ स्थित सोहनी सवारी दुर्घटनामा परि एक जनाको मृत्युु भएकोे छ ।

सोहनी –१ बिहीबार साँझ चल्दै गरेको ज २ त ९२८ नम्बरको ट्याक्टर ले बिपरित दिशा बाट आउदै गरेको ज १२प८००७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल सबार चालक सोहनी १ बस्ने ४० वर्षीय जुगेश्वर साह को मृत्यु भएको छ । उनको उपचारका लागी जनकपुर प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

घटना भए पश्चात् चालक ट्रेक्टर लिएर फरार रहेको लक्ष्मीनिया स्थायी चौकीका प्रहरी सहायक बिजय कान्त झाले बताए ।
शब् पोस्टमार्टम मा पठाई थप अनुसन्धान भैरहेको उनले बताए  ।