जनकपुरधाम : प्रदेश न. २ मा  हालै अख्तियार प्रदेश न.२ मा जनतावाट निर्वाचित मुख्यमन्त्रीको कार्यलयमा ”बेटी पढाउ, बेटी बचाउ” अभियान कार्यक्रम जस्तो जानलोकप्रिय कार्यक्रमलाई बद्नाम  गराउन छापामार शैलीमा छीरेर सरकार प्रमुखको शक्तितथा गरिमामा नै आघात पुर्याउने कार्य अत्यन्त आपतिजनक र दुराशयपूर्ण रहेको छ ।

जसपा, नेपाल सधै अनियमितता, भ्रस्टाचार, कमिशनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको बिरुद्द सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदितै छ ।

राज्यको सम्पूर्ण तह र निकायहारुमा  हुने गरेका अनियमितता र भ्रस्टाचारलाई नियन्त्रण गरिनु पर्दछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो तर अमर्यादित र विदेशपूर्ण तथा सामुदायिक एवंम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त् कार्य गलत हो ।

यस्ता कार्यले संघिय लोकतान्त्रिक प्रणालीलाई धरापमा पार्न प्रदेश सरकारहरुमा नैराश्यता र हिनतावोध हुने रास्ट्र निर्माणका लागी गरिने लोककल्याणकारी कार्यहरुमा प्रतिकूल असर पर्ने हुदा अख्तियार यस्ता कार्य र कार्यशैलीप्रति जसपा (जनता समाजवादी पार्टी ) नेपाल घोर विरोध, भात्र्सना र आपति प्रकट गर्दै एक प्रेस विज्ञप्ति जारि गरि उल्लेख गरेको छ ।