जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेको विरुद्ध जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समिति,जिल्ला समन्वय समितिले आन्दोलनको घोषणा गरेको छ ।

जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झा र जिल्ला समन्वय समितिको अध्यक्ष पशुपति यादवले समेत  विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

उनले प्रदेश २ का आठै जिल्लाका सदरमुकामहरुमा असोज १६ गते मशाल जुलुस र १७ गते बृहत विरोध प्रदर्शन गर्ने गरेका छन् ।

आन्दोलनमा सहभागी हुन नेता कार्यकर्तालाई आह्वान समेत गरिएको छ ।