जनकपुरधाम, असोज १७ गते : सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले माध्यमिक विद्यालय भूर्की सितापुरका छात्राहरुलाई साईकल बितरण गरेको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुशेश्वर प्रसाद चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका बीच मन्त्री साहले छात्राहरुलाई साईकल बितरण गरेको हो ।

विद्यालय ब्यबस्थापन समितिद्वारा आयोजित साईकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै बिकास र स्मृद्धिको मूल आधार शिक्षा रहेको बताए । शिक्षा बिना बिकास र समृद्धिको परिकल्पना गर्न सकिदैन मन्त्री साहले भने, छोरीहरुलाई राज्यको मुलप्रबाहमा ल्याउन शिक्षामा छोरीहरुलाई प्रोत्साहन गर्न मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान संचालन गरेका हौं । मन्त्री साहले ऐतिहासिक विद्यालयको भौतिक संरचनाको अबस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले विद्यालयको पूर्वाधार बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानका सप्तरी संयोजक दिल कुमारी चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरी, पूर्व प्रधानाध्यापक महावीर प्रसाद चौधरी, बिद्यार्थी दिपा तामाङ लगायतकाले साईकलले छात्राहरुलाई विद्यालय जान सहज हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

विद्यालयका शिक्षक अमित कुमार साहद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दुर्गानन्द चौधरीले गरे । कार्यक्रममा मन्त्री साहले कक्षा ८ का ३० जना बिद्यार्थीहरुलाई साईकल बितरण गरेका थिए । मन्त्री साहले साईकल बितरणपछि विद्यालयको नवनिर्मित भवन तथा विद्यालयद्वारा गर्दै आएको क्रियाकलापहरुको समेत अबलोकन गरे ।