पैसाकाे महत्व निकै नै रहेकाे हुन्छ । नेपालमा रूपैयाँकाे चलनचल्ति रहेकाे छ । त्यस्तै रूपैयाँ नेपाल राष्ट बैकले नियम अनुसार छाप्ने गर्दछ । नेपाल राष्ट्र ब्याङ्कले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ ।

तर रु १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्। रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक विसं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ ।

त्यद्तई प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र ब्याङ्कले सटहीको सुविधा पनि दिएको छ ।राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार त्यसरी सङ्कलित नोट फेरि चलनचल्तीमा नजाऊन् भन्ने हेतुले लेखाजोखा गरेपछि थापाथलीस्थित भट्टीमा जलाउने गरिन्छ ।

राष्ट्र ब्याङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले भने, “विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाबाट पुराना तथा झुत्रा नोटहरू केन्द्रीय ब्याङ्कमा जम्मा भएपछि ती नोटहरू फेरि चलनचल्तीमा ल्याइँदैन, कानुनी प्रक्रिया पुर्‍याएर जलाइन्छ ।”विभागका अनुसार गत आर्थिक वर्षमा ५६ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गरियो ।

यसै हप्ता मात्रै झन्डै १२ करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो । तर केही वर्षयता चलनचल्तीमा जान अयोग्य नोटको परिमाण बढेको राष्ट्र ब्याङ्कले जनाएको छ । राष्ट्र ब्याङ्कले नोट नष्ट पार्ने कामलाई धुल्याउनु भन्छ। आर्थिक वर्ष २०७२/७३ मा ३८६ अर्ब रुपैयाँ, २०७३/७४ मा ४३१ अर्ब रुपैयाँ र २०७४/७५ मा ४९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ ।