जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  हिन्दुहरुको महान वडा दशैं २०७८ को सुखद अवसरमा  शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदले जारी गरेको विज्ञप्तिमा ‘देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना’ गर्नुभएको उल्लेख छ ।