जनकपुरधाम :  जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषामा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत धनुषा क्षेत्र नं.-२ को क्षेत्रीय भेला तथा दसौं, दिपावली, तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम जसपा केन्द्रिय सदस्य तथा सुज अभियानका संयोजक अरुण सिंह मण्डल जीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य तथा कार्यकारिणी सदस्य गजाधर रोहिता यादवजी, बिशिस्ट अतिथि प्रदेश-२ को संसदीय दलका उपनेता माननीय रामअशिष यादव, प्रदेश-२ का मुख्य सचेतक माननीय शैलेन्द्र यादव जी, धनुषा अध्यक्ष पशुपति यादव जी, सदस्यहरु रामनारायण कापरी, कमलदेव मण्डल, देवकृष्ण मण्डल तथा पार्टीका केन्द्रिय सदस्य, प्रदेश सदस्य र स्थानीय तहका पार्टीको पदाधिकारीहरु उपस्थित रहेको थिए ।

त्यस्तै जसपाका भातृसंगठनहरु समाजवादी युवा संघ केन्द्रिय सचिव अशोक मण्डल, प्रदेश-२ का प्रदेश उपाध्यक्ष उमेश निराला, सदस्य सीता मण्डल, धनुषा अध्यक्ष दिपेन्द्र कापरी सदस्य रामकुमार साह, इशराफिल अन्सारी मनोज दास तथा विद्यार्थीका प्रदेश-२ को उपाध्यक्ष बिकास यादव, धनुषा जिल्ला सचिव बलिराम कापरी लगायत विभिन्न तहतबका नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा सुज अभियान तथा क्षेत्रीय भेला सम्पन्न भएको छ ।