जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको आतिथ्यमा धनुषा निर्वाचान क्षेत्र नं. २ मा शुभकामना आदान प्रदान तथा कार्यकार्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।सोमबार कमला नगरपालिकामा विजयादशमीको उपलक्ष्यमा आयोजित कार्यक्रममा हिमाल र पहाडका साथीहरु नेपाली काँग्रेसको सभापतिमा नेता आफुलाई नै हेर्न चाहेको उपसभापति निधिले बताए ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत उनले आग्रह गरेका छन् । नेता निधीले केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएको जानकारी दिदैं निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग गर्न आएको बताए । उनले भने, ‘तपाईहरुको समर्थन भए सभापतिमा निर्वाचित भई देश र जनताको सेवामा लाग्ने बताए ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले १३ औं महाधिवेशनका बेला आउने महाधिवेशनमा आफुलाई सहयोग गर्ने वाचा गरेको कुरा पनि मन्तव्यकै क्रममा भनेका छन् ।

यसअघि क्षेत्र नं. ३ नगराईन नगरपालिकास्थित राजेश्वर निधि माविमा भएको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा उपसभापति निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताको हातमा हुन्छ भन्ने विश्वास जनाएका थिए ।’

उक्त कार्यक्रममा निधिको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि पुर्व मन्त्री राम कृष्ण यादव,
विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य स्मृति नारायण चौधरी र अतिथिमा प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।