जनकपुरधाम असोज २६ गते। योग र आर्युवेद स्वस्थ जीवनका लागि अति महत्वपूर्ण रहेको सन्देश दिदै जनकपुर जेसिजले नवरात्राको अवसरमा जडिबुटीको विरुवा वितरण कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जसपा प्रदेश नंं २ का उपनेता, प्रदेश सांसद रामअशिष यादवले योग र आर्युवेदका विकास राज्य ले नीति बनाएर लागु गर्नुपर्ने कुरा बताउनुभएको छ।

उहाँले प्राचीन मानव सभ्यता को समयमा आर्युवेद को महत्व रहेको थियो र वर्तमान अवस्थामा आर्युवेदको विशेष महत्व रहेको कुरामा जोड दिनुभयो।

प्रदेश सांसद यादवले प्राकृतिक जडिबुटी निर्यात गरि सकल घरेलू उत्पाद मा बृद्धि हुने देश नेपाल मा राज्य ले दुर्लभ जडिबुटीहरुको संरक्षण तर्फ विल्कुलै ध्यान नदिएको कुरा बताउनुभएको छ।

जेसि कमल बहादुर राजलवटको सहयोग र संयोजनमा लेमनग्रास,पत्थरचाटा,गुर्गुज, सहित जडिबुटी मिश्रणबाट तयार गरिएको काढा वितरण अभियान थालिएको को कुरा बताएका छन्।

जनकपुर जेसिजका अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, योगगुरु विमल पंडित, पत्रकार जयशंकरनाथ झा, टेष्ट अफ मिथिला का महेश साह, जनकपुर जेसिज का उपाध्यक्ष राजेन्द्र साह, महासचिव राजकुमार साह सहितका वक्ताहरुले जडिबुटी को महत्व वारे चर्चा गर्नु भएको थियो।