जनकपुरधाम । महोत्तरीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

मंगलबार साझ बर्दिवास ४ विश्वकर्मा चोक(पन्चधुरा मन्दिर जाने गेट,पुर्व पश्चिम लोकमार्ग) अगाडी भएको उक्त दुर्घटनामा ज१२प २९६१ नं.को मोटरसाईकलमा सवार बर्दिवास नगरपालिका ३ गौरीडाडा वस्ने वर्ष २६ को सुरज तामांग र प्र२-०१-००२प-०५९७ नं.का चालक जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका १ वस्ने वर्ष २८ को विजय कुमार महतोको मृत्यु भएको छ ।