२७ असोज २०७८ , बुधबार
उमेश कुमार साह
सप्तरी :बोदे बर्साईन। सप्तरीको बोदे बर्साईन नगरपालिकाले आयोजना गरिएको तेस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन भएको छ ।

आज बुधबार देखि आयोजना गरिएको वडादशैँ , दीपावली तथा छठ पर्वको उपलक्ष्यमा संचालित तेस्रो मेयर गोल्डकप २०७८ उद्घाटन भएको छ। पूर्व कृषि तथा सहकारी मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथिमा आज बुधबार खेल उद्घाटन भएको हो ।

तेस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटनखेलमा खेलकुद समितिको अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षता भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । उद्घाटन कार्यक्रमको अतिथिहरुमा जिल्ला समन्वय समितिका सदस्य मो.दाऊद , ईलाका प्रहरी कार्यालय बोदे बारसाईनको प्रमुख जय प्रकाश साह , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख अंगद हरिजन दास ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई उध्घोसक गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।

उक्त प्रतियोगिताको उद्घाटनमा माउन्ट एभरेस्ट बो स्कुलका बिद्यार्थीहरु द्वारा दुइटै टिमका खेलाडीहरुलाई स्वागत गरेको थिए ।

आज भएको पहिलो चरणको उद्घाटन खेलमा बेङ्खाडी युवा क्लब महोत्तरी र बिराट बुद्ध स्पोट क्लब मोरङ बीच भएको अन्तिम ट्राईबरेकरमा महोत्तरीले ०२ का विरुद्ध ०४ गोलको अन्तरले महोत्तरी टिमले जित हात पार्न सफलभएको छ । सो खेलको उतकृस्ट खेलाडीको रुपमा मोरङ टिमका, जरसी नम्बर ०८ का स्युकार भट्टराई रहेको थियो।

यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् ।

खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।

खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको छन् ।

भोलिको खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र रानी स्पोर्ट्स क्लब बिराटनगर, मोरङको बीच हुने कुरा खेल समितीका उपाध्यक्ष बिमल कुमार यादवले जानकारी दिनु भएका थिए ।