सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको ह’त्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवनकै ३० वर्षीय मेखबहादुर जर्घा मगर र २५ वर्षीय दिनेश जर्घा मगर छन्।

दसैँँको फूलपातीका दिन गाउँमा का’टिएको राँगाको मासु भाग लगाउने क्रममा विवाद हुँदा लामगादेको ह’त्या भ’एको प्रहरीले जनाएको छ।

झ’गडाको क्रममा उनीहरुले दाउराको चि’र्पटले प्र’हार ग’र्दा लामगादे गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी टोली खटिएको थियो। ह’त्या घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।