जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिका ३ सोहडबा  स्थित  पुर्व भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री हरिनारायन यादव  र विशिष्ट अतिथि पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा साथै अतिथि प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सहित  पिपरा गाउँपालिका ३ स्थित  श्री माध्यमिक विद्यालयको नयाँ  भवनको उदघाटन आज गरिएको छ ।

यस कार्यकमका आयोजक वडा न.३ का वडा अध्यक्ष सम्भु यादवको अध्यक्षतामा  आयोजित कार्यक्रममा मन्त्री यादवले भने– “छोरी नभए संसार चल्न सक्दैन, छोरी जगत जननी हुन, छोरी बिनाको जिवन कल्पना पनि गर्न सकिदैन ।”

समाजका छोरा–छोरीबीचको भेदभावका कारण छोरी शैक्षित क्षेत्र देखि अन्य अन्य क्षेत्रमा पछाडी परि रहेको प्रति दुःख व्यक्त गर्दै मन्त्री साहले अगामी दिनमा यसमा सुधार हुने विश्वास समेत व्यक्त गरे ।

सरकारी विद्यालय सक्किइसके भन्ने आम धारणाविपरीत केही सामुदायिक विद्यालयले आफूलाई अब्बल सावित गरेका छन्। उनीहरू निजी (संस्थागत) विद्यालयभन्दा कम छैनन्। निजीलाई चुनौती दिने सामुदायिक विद्यालय छन् ।

निजी छाडेर ती विद्यालय अभिभावक आफ्ना छोराछोरी भर्ना गराउन जान्छन्। उनीहरू अब्बल हुनुको राज नै गुणस्तरीय शिक्षा हो । अभिभावक सचेत मात्र नभई दृढ इच्छाशक्ति भए समुदायिक विद्यालयले पनि निजी स्कुलभन्दा राम्रो गर्न सक्छन् भन्ने उदाहरण उनीहरूले देखाएका छन्।

महा्ेत्तरीको पुर्व कृषि मन्त्री हरिनारायन यादवले  आज उक्त विद्यालयको नयाँ भवन  उद्घाटन गरेका हुन् ।

पूर्वमन्त्री सरोज सिंह कुशवाहा , जसपा महोत्तरी  जिल्ला सदस्य रबिन्द्र कुशवाहा सहित जसपाका प्रदेश सदस्य,तथा जिल्ला सदस्य सहितको उपस्तिथी  रहेको थियो । त्यस्तै  जसपाका कार्यकर्ता तथा जनताहरु संग भेटघाट समेत गरेका थिए ।

यस कार्यक्रम बारे जसपाका प्रभावकारी महोत्तरी जिल्ला सदस्य रबिन्द्र कुशवाहाले  बताए ।