जनकपुरधाम। नव नियुक्त भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले देशको बैकल्पिक शक्तिको रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल बन्ने दाबी गरेकी छिन ।

सिरहाको लहानमा शहिदहरुलाई माल्यार्पण गर्दै मन्त्री यादवले भनिन हामीले जहिले पनि प्रतिनिधित्व गर्न खोज्दा बहुमत नभई अल्पमतको रुपमा हुने गरेको छ तर अब जसपा वैकल्पिक शक्तिकाे रूपमा अगाडि बढदैछ ।

उनले देशको हरेक बर्ग जात जातिको उत्थानको लागि लडाइँ लडी रहेको बताउंदै देशको हरेक ठाँउमा झणडा गाड्न जसपा सफल हुँदै गएकाे दाबी गरिन ।

जसपाका केन्द्रिय कार्यकारणी सदस्य समृत रहेकी मन्त्री यादवले माेफसल भ्रमणकाे क्रममा सबभन्दा पहिला मधेस आन्दाेलनको उदगम स्थालको रूपमा रहेकाे लहानको सहिद पार्कमा मधेसी सहिदहरुलाई माल्यार्पण गरेकी हुन ।

माला अर्पण पश्चात् होटेल गोधुलीमा कार्यकर्ता भेटघाट समेत गरेकी थिइन । साे कार्यक्रममा मन्त्री यादवलाई जसपाका प्रदेश कमिटी सदस्य राम चलितर महतोले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार, केन्द्रिय सदस्य अशोक यादव,समाजबादी विद्यार्थी फोरमका प्रदेश संयोजक दिपेश यादव लगायत दर्जनाै नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।