झापा । जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका वार्ड नं १० केन्द्रमोड बस्ने शिव पौरियाको श्रीमती बर्ष ५४ की कल्पना राई पौरीया रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ८ बजे पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको जनाएको छ । साथै घटना सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।