मधेशटप,कार्तिक २ गते ।

जनकपुरधाम : आज (मंगलबार) बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी लगायतका अधिकांश स्थानमा पनि वर्षा जारी छ ।