उमेश कुमार साह ,०२ कार्तिक 

बोदे बर्साईन: भारी वर्षाका कारण सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित चन्द्रा नमुना माध्यमिक बिधालयको खेलमैदानमा जारी बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना भएको तेस्रो मेयर गोल्डकप २०७८ फुटवल प्रतियोगिताको मंगलबार देखीको खेल रोकिएको छ ।

खेल मैदान हिलाम्मे हुनुका साथै खेलाडी तथा दर्शक आउन समस्या भएपछि खेल मंगलबार बाट रोकिएको हो ।

आयोजक तेस्रो मेयर गोल्डकप २०७८ समितिका अध्यक्ष शुभाष चन्द्र यादवले भने,‘अत्याधिक पानी परेपछि खेलमैदानमा समेत हिलो भएकोले आज बाट खेल अस्थकित गर्ने निर्णय गरेका हौं ।’

अध्यक्ष यादवका अनुसार आज बाट रोकिएको खेल अर्को सूचना नआउन्जेल सम्मका लागी अस्थकित गरिएको हो।

प्रतियोगितामा सहभागी हुने टिमलाई पनि यसबारे जानकारी गराइसकेको उनले बताए । प्रतियोगिताको मिति सरे पनि अन्य खेल तालिका भने पूर्वनिर्धारित नै रहने यादवले जानकारी दिए ।

सोमबार रातभर र मंगलबार विहान देखी परेको पानीका कारण निर्माण अवरुद्ध भएको तेस्रो मेयर गोल्डकप २०७८ खेलकुद समितिका उपाध्यक्ष बिमल कुमार यादवले जानकारी दिएका छन् ।