जनकपुरधाम, कार्तिक ३ । पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गर्नु भएको हो।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पुर्व राज्य मन्त्री कुशवाहाले अघिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २ को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्नु हुँदै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गर्नु भएको हो ।

पछिल्लो बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो ।

प्रदेश  सरकारले प्रदेश  २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राख्नु भयो ।