दिवेश महतो,

जनकपुरधाम । हिमालय युवा क्लव धनुषाको नक्टाझिजको आयोाजनामा कार्तिक ५ गते निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

मिथिला नगरपालिका वडा नं २ नक्टाझिजस्थित क्लवको भवनमा आयोजित निःशुल्क आँखा शिविरमा दुई सय विरामीहरुले आँखाको चेकजाँच गराई लाभान्वित भएकोे क्लवका अध्यक्ष अरुण कुमार महतोले बताए ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केवर र मिथिला नगरपालिकाको आर्थिक सहयोगमा आयोजित शिविरमा ४२ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

मोतियाविन्दुको समस्या भई आँखाा नदेख्ने विरामीहरुलाई मसिंर २ गते मोतियाविन्दुको अप्रेशन गरिने अस्पताल क्लवका उपाध्यक्ष विनोद महतोले जानकारी दिए ।