मधेशटप, कार्तिक ९ गते।

राजविराज,
नेपाल कम्युनिष्ट पार्टी (एमाले )को तिलाठी कोइलाडी गाउँपालिका अधिवेशनबाट सन्तोष कुमार झा अध्यक्षमा निर्वाचित भएका छ्न।

संविधानसभा सदस्य तथा पार्टीका स्वतन्त्र निकाय ,निर्वाचन आयोगकी सदस्य रन्जु झा ठाकुरको प्रमुख आतिथ्यता र प्रदेस कमिटी सदस्य सुरेश सिंहको विशिस्ट आतिथ्यता पालिका अधिवेशनबाट सन्तोष झा अध्यक्षमा निर्वाचित भएको युवा नेता दिपक कुमार झाले बताएका छ्न।

यसैगरी अधिवेशनमा जिल्ला कमिटी सदस्य प्रदिप कुमार मंडल,देवनारायण यादव(सिमा रक्षक) ,समु खातुन,राष्ट्रिय युवा संघको केन्द्रिय सचिवालय सदस्य दिपक कुमार झा र संघको केन्द्रिय सदस्य रंजन कुमार झाको।विशेष आतिथ्य लगायतका स्थानीय नेताकार्यकर्ताहरु को उपस्थिति रहेको थियो ।