मधेशटप,

काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख परिवर्तन भएका छन् । परिसरको प्रमुखमा एसएसपी सुदीपकुमार गिरीको काजसरुवा भएको छ ।

यद्यपि गृहमन्त्रालयले काठमाडौैंका एसएसपी परिवर्तन भएको सूचना भने सार्वजनिक गरेको छैन ।

परिसरका एसएसपी अशोक सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा गरिएको छ । विमानस्थल संचालन नभएकाले उनले काठमाडौंमै बसेर काम गर्न पाउनेछन् ।

अशोक सिंहले ११ महिनाअघि २०७७ मंसिर ५ मा काठमाडौं परिसरको एसएसपीको जिम्मेवारी पाएका थिए ।

उनीसँगै सरुवा भएका ललितपुर परिसरका एसएसपी किरण बज्राचार्य भने चलाइएका छैनन् ।